४ जेष्ठ २०८१, शुक्रबार

 

कुवेतमा विदेशी श्रमिकको संख्या कटौती हुने

कुवेतमा विदेशी श्रमिकलाई लिएर आप्रवासी कोटा विधेयक ल्याईने भएको छ । त्यसले गर्दा त्यहाँ कार्यरत विदेशी श्रमिकको कोटामा भारी कटौती हुने अनुमान गरिएको छ । यो विधेयक पारित भएसँगै कुवेतमा विदेशी श्रमिकको सँख्या कटौती हुने छ ।

कुवेतमा १ लाख भन्दा धेरै नेपाली कार्यरत रहेको अनुमान छ । अन्तराष्टिय संचार माध्यमका अनुसार भारतीय कामदारको संख्या १० लाख भन्दा धेरै रहेको अनुमान छ ।

यो विधेयक कुवेतको नेशनल एसेम्वेली (संसद) को कानुनी एवंम विधायन समितिमा पेश गरिएको छ । यदि यो विधेयक पारित भएको खण्डमा कुवेतमा रहेका नेपाली ,भारतीय र बंगलादेशी श्रमिकहरुको सँख्यामा भारी कटौती हुने छ ।

कुवेतको कुल जनसँख्याका करिब ५० लाख मात्र छ । त्यस मध्ये करिब ४० प्रतिशत आप्रवासी कामदार रहेको त्यहाँको जनसँख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्