४ जेष्ठ २०८२, आईतवार

 

तमानखोलाको बजेट साढे २७ करोड


तमानखोला गाउँपालिकाले आइतबार नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । सातौं गाउँसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षका लागि २७ करोड ४२ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र कोरोना नियन्त्रणमा केन्द्रित बजेट बहुमतले पारित भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

गाउँसभा सदस्यहरूबीचको असहमतिलाई छलफलमार्फत सम्बोधन गरिएपछि आइतबार सातौं गाउँसभाको दोस्रो बैठक बसेको थियो । बैठकले नीति तथा कार्यक्रम, स्थानीय मदिरा ऐन २०७७, विनियोजन विधेयक २०७७ समेत बहुमतले पारित गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा वडा नं ४ र ५ को प्रशासनिक भवन निर्माणको कामलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung