
म देखि तिमि कहिल्यै टाढा बन्न नखोज है प्रिय ।
राम्रो कुरा गर्दा नराम्रो भनी भन्न नखोज है प्रिय् ।
दुनियाँमा सबै मान्छे थरिथरी का छन् एउटै छैनन्
सबै असल हुन्छन् भनेर तिमी गन्न नखोज है प्रिय ।
जिन्दगी जिउनलाई पनि सानू एकमुठी सास हुनुपर्छ।
अरुको लागि होइन आफ्नै लागि माया खास हुनुपर्छ।
राम्रो कुरालाई पनि नराम्रो सोच्ने यो हाम्रो समाज छ
ठुलो कुरा त मायामा एकअर्का प्रती बिश्वास हुनुपर्छ ।
एता गाउँ उता तिम्रो सहर भएपछि।
दुख सुख संगै जिउने रहर भएपछि ।
अरुले के भन्छ भन्ने किन सोच्छौ तिमी
अजम्बरी मायाको सुनौलो घर भएपछि।
सबिता खत्री, जिज्ञासु
ताराखोला गाउँपालिका ३ बाग्लुङ