६ जेष्ठ २०८१, आईतवार

 

पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड खर्च

सरकारले कोरोना भारइसको पीसीआर परीक्षणका लागि हालसम्म ३ अर्बभन्दा बढी खर्च गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म पीसीआर परीक्षणका लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिए।

हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ। सरकारले एक जनाको पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ ।

अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।प्रवक्ता गौतमले एक संक्रमित भेट्टाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताए।

प्रतिक्रिया दिनुहोस्