३ श्रावण २०८३, आईतवार

 

भोलि सकिँदै कुलमानको कार्यकाल : दोहोरिएलान् उनी ?

भदौ २८ गते अर्थात् आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदै छ । २०७३ भदौ २९ गते प्रतिस्पर्धाबाट उनी प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । घिसिङको कार्यकाल सकिनै लाग्दा पनि सरकारले कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाएको छैन ।

कुलमान नै पुनः नियुक्त हुन्छन् वा हुँदैनन भन्ने चासो सर्वत्र छ । नेकपाको स्थायी कमिटी बैठकका कारण शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । भोलि आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ । यद्यपि, बैठक आइतबार बस्ने सम्भावना कम छ ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको विषयमा सरकारले निर्णय नगरेको ऊर्जासचिव दिनेशकुमार घिमिरेले स्पष्ट पारिसकेका छन् । यसअघि प्रतिस्पर्धाबाट नियुक्त भएकाले यसपटक पनि सोही प्रक्रियामा जानुपर्ने राय सरकारलाई छ । सरकारले कार्यकारी निर्देशक नियुक्त गर्न समिति गठन गर्न सक्नेछ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री जनार्दन शर्माको पालामा कुलमान प्राधिकरणका कार्यकारी निर्देशक भएका हुन् । शर्माले मुकेशराज काफ्लेको कार्यसम्पादन राम्रो नभएको भन्दै उनलाई हटाएर प्रतिस्पर्धाबाट घिसिङलाई प्राधिकरणको जिम्मेवारी सुम्पेका थिए । यसपालि घिसिङ नै दोहोरिने निश्चित भएको र उनी नै कार्यकारी निर्देशक हुने भन्ने चर्चा बजारमा छ ।

नागरिक स्तरबाट पनि कुलमानलाई नै दोहो¥याउनुपर्ने दबाब बढेको छ । आफूले सुरु गरेका बाँकी काम सम्पन्न गर्न प्राधिकरणमा पुनः कार्यकारी निर्देशक हुन चाहेको घिसिङले यसअघि बताइसकेका छन् । तर, उनले यसपालि प्रतिस्पर्धाबाट नभई सरकारले सिधै नियुक्त गरोस् भन्ने चाहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung