४ असार २०८१, मंगलवार

 

प्रयोग भइसकेका ३२० किलो कण्डम बिक्रीमा

भियतनाममा एक पटक प्रयोग भइसकेका कण्डम बिक्रीका लागि राखिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन लाख २० हजार कण्डम सर्वसाधारणका लागि बेच्न राखिएको हो ।

गैरकानुनी रुपमा ठूलो परिमाणमा कण्डम बिक्रीका लागि राखिएको सूचनाका आधारमा प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मारेर साे कण्डम बरामद गरेको छ । उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई समेत प्रहरीले पक्राउ गरेकाे छ ।

ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको बताइन्छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कण्डम प्रतिकिलो ०.१७ अमेरिकी डलरमा बेच्दै आएको बताएकी छन् । अहिलेसम्म त्यस्ता कति कण्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन। बीबीसी नेपाली 

प्रतिक्रिया दिनुहोस्