२ जेष्ठ २०८१, बुधबार

 

पहिरोपीडितका लागि महिला संघ बागलुङले जुटायो २ लाख

नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघ बागलुङले जिल्लाका बाढीपहिरोपीडितका लागि संकलित सहयोग रकम सार्वजनिक गरेको छ । संघको हालै बसेको जिल्ला कमिटी बैठकले पीडितका लागि १ लाख ९८ हजार ६ सय ९५ रुपैयाँ संकलन भएको जनाएको छ ।

संघले संकलित रकम स्थानीय जनप्रतिनिधि, कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिको रोहबरमा छिटोभन्दा छिटो पीडितसमक्ष पु¥याउने निर्णय गरेको संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले बताइन् ।

बैठकले कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा पार्टीका क्रियाशील सदस्यमा महिलाको संख्या बढाउन वडादेखि माथिल्लो तहसम्म आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्