२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य आइतबार बढेको छ । साताको पहिलो दिन सूनको मूल्यमा ८ सय रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुन ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार १ सय कायम गरिएको छ ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

यता चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ४० रुपैयाँले बढ्दै १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्