६ जेष्ठ २०८१, आईतवार

 

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर

भारतीय चलचित्र उद्योग बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूलाई क्यान्सर भएको बताएका हुन् ।

गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड– १९ परीक्षण गरिएको थियो । तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन ।

त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो। फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले औषधोपचारका लागि कामबाट छोटो बिदा लिने बताएका थिए।

सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी प्रशंसकहरूलाई उनको अवस्थाबारे चिन्ता वा अनावश्यक अनुमान नगर्न आग्रह गरेका छन् ।

आफ्ना केशविन्यासकार आलिम हकिमको सलोनमा खिचिएको भिडिओमा दत्तले देब्रे आँखीभौँदेखि टाउकोको छेउसम्म बनेको एउटा दाग देखाएका छन्। ‘यो मेरो जीनवको आलो दाग हो । तर म यसलाई परास्त गर्छु। म क्यान्सरबाट चाँडै मुक्त हुन्छ ।’

दत्तले नयाँ चलचित्रको छायाङ्कनमा जान पाउने भएकोमा प्रसन्नता व्यक्त गरेका छन्। उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने शुरु गर्ने बताएका छन् । अहिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्