२० बैशाख २०८१, बिहीबार

 

आज सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयले गिरावट गएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसै गरी, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँ कायम रहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्