१७ बैशाख २०८१, सोमबार

 

१८ वर्षीया सपना रोका बीबीसीको प्रभावशाली महिलाको सूचीमा

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी छन् ।

बीबीसीले मंगलबार सन् २०२० को एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्टलगायत छन् ।

सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्