४ जेष्ठ २०८१, शुक्रबार

 

उद्योग वाणिज्य महासंघको निर्वाचन जारी, प्रज्ञामा जे देखियो तस्बिरमा हेर्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भइरहेको छ ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधानलगायतका उम्मेदवारहरुले बढीभन्दा बढी मत आफूतिर तान्ने प्रयास जारी राखेका छन् ।

ढकाल एशोसिएट सदस्य भएकाले कार्की व्याङ्केटबाट र प्रधान बस्तुगत समूहको सदस्य भएकाले महासंघको केन्द्रीय कार्यालय टेकुबाट मतदान गर्दैछन् । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्याङ्केट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।

जिल्ला नगरको उपाध्यक्षमा चन्द्र ढकाल प्यानलबाट गुणनीति तिवारी र किशोर प्रधानका तर्फबाट दिनेश श्रेष्ठ चुनावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरतर्फको मदभार ५० प्रतिशत रहेको छ।

महासंघको निर्वाचनमा ३ किसिमका मतदाता छन् । जिल्ला/नगर, एसोसिएट र वस्तुगत । सबैभन्दा धेरै ५० प्रतिशत मतभार जिल्ला/नगरको छ । त्यसैगरी एसोसिएटनबाट ३० प्रतिशत र वस्तुगतबाट २० प्रतिशत मतभार छ।

यी हुन् तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्