४ जेष्ठ २०८१, शुक्रबार

 

एफएनसीसीआई निर्वाचन नतिजा : कुन प्रदेशबाट को भयो केन्द्रीय सदस्यमा निर्वाचित ?

नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिले केन्द्रीय सदस्य पदको नतिजा सार्वजनिक भइरहेको छ  ।

गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्र प्राप्त गरेका छन्  ।

प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत प्राप्त गर्न सकेनन् । लुम्बिनीबाट जसमेर मियाँले १० मतसहित चुनाव जितेका छन् । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याए ।

प्रदेश नम्बर ६बाट लालिमान बुढाले ७ मत ल्याएर विजयी भएका छन्, भने उनका निकटम् प्रतिस्पर्धी प्रकाश अधिकारीले ३ मात्रै मत ल्याए ।

सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर बाजी मारे भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकायले २ मत मात्रै ल्याएका छन् । प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । अहिले बागमती प्रदेशको मतगणना भइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्