२१ बैशाख २०८१, शुक्रबार

 

वरिष्ठ उपाध्यक्षमा निर्वाचितपछि ढकालले भने– ‘गुट र प्यानलको अन्त्य भयाे’

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चुनावसँगै गुट र प्यानल सकिएको बताएका छन् ।
विजयी भएपछि शनिबार बिहान प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको निर्वाचन सकिएकाले अब गुट र प्यानल नभनि नीजि क्षेत्रलाई एक ढिक्का गराउने बताए ।

उनले भने ‘आजबाट गुट प्यानल सकियो । अध्यक्ष शेखर गोल्छासंग मिलेर महासंघलाई अघि बढाउने छौं ।’

निर्वाचनका लागि मात्र प्यानल हो, अब हामी सबै शेखर गोल्छाको नेतृत्वमा निजी क्षेत्रलाई एक ढिक्का बनाएर लैजाने गरि काम गर्छौं’ उनले भने ‘मेरो साथ सधैं निजी क्षेत्रको विकासका लागि अध्यक्ष गोल्छालाई हुनेछ, उहाँको कार्यकाललाई सफल बनाउन आफ्नो योजनालाई पनि अघि बढाउनु छ ।’

प्रतिक्रिया दिनुहोस्