२० बैशाख २०८१, बिहीबार

 

महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

सोमबार महासंघमा भएको निर्वाचनमा हिराचनले ४० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डीबी बस्नेतले ३१ मत प्राप्त गरे । महासंघको विधानअनुसार कोषाध्यक्ष कार्यसमितिमध्येबाट छानिने व्यवस्था छ ।

आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि आज निर्वाचिन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्