४ जेष्ठ २०८२, आईतवार

 

बासमती धानको भौगोलिक संकेत अधिकारमा नेपालले पनि दाबी गर्ने

भारतले बासमती धानको भौगोलिक संकेत अधिकार राख्न युरोपियन युनियन (ईयु) मा निवेदन दिएकोमा नेपालले दाबी विरोध गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बासमती धानमा भारतले भौगोलिक रूपमा एकलौटी स्वामित्व राख्न खोजेपछि नेपालले आपत्ति जनाएको उल्लेख छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिवहरू र सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले बासमती धान परापूर्वकालदेखि नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले त्यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाल कृषि अनुसन्धान परिषद्अन्र्तगत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही निर्णयअनुसार नेपालका तर्फबाट राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले हकको छिट्टै आधिकारिक दाबी पेस गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung