१७ बैशाख २०८१, सोमबार

 

देशकै ‘युनिक’ पाँचतारे होटल छिट्टै सञ्चालनमा ल्याउँदै छौं

व्यवसायी दिपेन्द्र श्रेष्ठ 

म शंकरदेव कलेजमा पढ्दै थिएँ । आमयुवाका जस्तै मेरो पनि भविष्यलाई लिएर थुप्रै सपना थिए । तिनलाई पूरा गर्न अरूले जसरी नै काठमाडौंमा निकै समय खर्चिएँ ।

त्यति नै बेला अचानक बुबा बितेको खबर आयो । मलाई आफूले टेकेको जमिन नै हल्लिएजस्तो लाग्यो । लाग्यो– मेरो आधारै गुमिहाल्यो ।

बुबा नै हुनुहुन्थ्यो मेरो वर्तमान र भविष्य । उहाँकै औंला समातेर म जिन्दगीका शिखरहरू पार गर्न सिक्दै थिएँ । उक्त घटनापछि सबै सपना मनमै बाँधेर म बेनी फर्किएँ । सिंगो परिवारको जिम्मेवारी अब मेरै काँधमा थियो ।

बुबाले खडा गरेको पुख्र्यौली कपडा पसललाई मैले नयाँ व्यवस्थापनमा सञ्चालन गर्न थालेँ । बागलुङ बजारको गणेश टोलमा बाजेले कपडा पसल गर्नुभएको थियो । बुबाले त्यही व्यापार ०३२ सालमा बेनी बजारमा फैलाउनुभएको थियो ।

व्यवस्थापन विषय पढेकाले म व्यापार र अरू क्षेत्रमा केही नयाँ गर्न चाहन्थेँ । कपडा पसलसँगै बुबाले हार्डवयर व्यापार पनि थप्नुभएको थियो । मैले त्यही हाडर्वयर व्यापारलाई आधुनिक तरिकाले चलाउन सुरु गरेँ ।

मेरो बुबा २०३० सालमा व्यापारका सिलसिलामा बेनी बजार जानुभएको हो । बुबाले विवाह गरेको दुई वर्षमै व्यापार सुरु गर्नुभएको रहेछ । बेनी बजार व्यापारको केन्द्र रहेछ । बागलुङ बजारबाट धेरै व्यवसायी बेनीमा आएर पसल सञ्चालन गरेका रहेछन् ।

२०५२ सालमा बेनीमा मोटरबाटो पुगेपछि नै मैले उक्त क्षेत्रमा हार्डवयर पसलको निकै सम्भावना देखेको थिएँ । पहिला बेनीमा छड, सिमेन्ट प्रयोग गरेर घर बनाउने चलन खासै थिएन ।

ढुंगा–माटोका घरहरू थिए । मैले शुभलक्ष्मी हार्डवयर पसल गरेपछि छड, सिमेन्ट प्रयोग गरेर घर बनाउने चलन बढ्न थाल्यो ।

पहिले सडक नबन्दा सामान लैजान सजिलो थिएन । नौडाँडादेखि मानिस या खच्चडलाई बोकाएर लैजाने चलन थियो । मोटरबाटोले धेरै नयाँ व्यापारको अवसर पनि ल्यायो ।

बुबाले २०५६ सालमा हार्डवयरमा राम्रो अवसर रहेको भन्दै उक्त व्यापारमा हात हाल्नुभएको थियो । मैले त्यसैलाई आधुनिकीकरण गरेको हुँ ।

२०६३ साल तिरको कुरा हो त्यस बेला सानो पुँजीले पनि विकास बैंक खोल्ने नीति राष्ट्र बैंकले ल्याएको थियो । अग्रज हरिकुमार श्रेष्ठ, डा भूपेन्द्र खड्का, रेशमबहादुर बानियाँ, माधवप्रसाद रेग्मी, हरिकृष्ण श्रेष्ठ,यजनलाल शाक्य,याम बहादुर शाक्य,शिव प्रसाद रेग्मी,रविन्द्र राज जोशी,भरत राजभण्डारी,शेर बहादुर बुढाथोकी,शुभकामना प्रधान श्रेष्ठ,राम हमाल र मसँग १४ जना मिलेर नीलगिरि विकास बैंक सञ्चालनमा ल्यायौं ।

त्यति बेला विकास बैंकको सञ्चालकमा ३३ प्रतिशत ग्राजुएसन गरेका व्यक्ति हुनुपथ्र्यो । सायद मेरो शैक्षिक योग्यताले गर्दा पनि म त्यति बेलाको संचालक समितिको सदस्य बन्ने मौका पाए ।त्यसै कारण उहाँहरूले मलाई समितिमा आउन प्रस्ताव गर्नुभयो ।

नीलगिरि विकास बैंकको लोगो र नारा मेरै कल्पना हुन् । नारा थियो– एक्सेस टु अल अर्थात् सबैलाई बैंकमा पहुँच ।पछि गरिमा विकास बैंकसँग मर्ज हुँदा पनि यही लोगो र नारा स्वीकृत भएको थियो । त्यो मर्ज गर्ने कमिटीमा म पनि थिएँ ।

मेरो शैक्षिक योग्यता र व्यावसायिक सफलताले नै मलाई मलाई त्यो ठाउँमा पु¥याएको हो भन्ने लाग्छ । म, शुभकामना श्रेष्ठ र राम हमाललगायत साथीहरू समितिमा गएका थियौं ।

नीलगिरि विकास बैंकको लोगो र नारा मेरै कल्पना हुन् । नारा थियो– एक्सेस टु अल अर्थात् सबैलाई बैंकमा पहुँच । पछि गरिमा विकास बैंकसँग मर्ज हुँदा पनि यही लोगो र नारा स्वीकृत भएको थियो ।

त्यो मर्ज गर्ने कमिटीमा म पनि थिएँ । नीलगिरि र गरिमा जोड्दा नाम लामो हुने भयो । त्यसैले हामीले सजिलोका लागि गरिमा नामलाई अनुमोदन ग¥यौं । हुन त गरिमाको संरचना हाम्रो भन्दा ठूलो थियो । सक्षम कार्यकारी अधिकृत थिए ।

०६४ सालमा स्थापित बैंक हामीले २०७२ सालमा गरिमासँग मर्ज गरेका थियौं । नीलगिरि एक जिल्ला बैंक थियो, मर्ज भएपछि गरिमा राष्ट्रिय स्तरको भएको छ ।

हाल विकास बैंकमध्ये  गरिमा विकास बैंक उत्कृष्ट बैंकहरु मध्ये एक हो ।  गरिमा विकास बैंकमा मेरो लगानी पनि भएकाले काठमाडौं आउने–जाने हुन्थ्यो । त्यही क्रममा साथीहरूको सहयोगले म काठमाडौंमा होटल व्यवसायमा पनि जोडिन पाएँ ।

जलेश्वर पाण्डे, दीपक पाण्डे र डा.राजेन्द्र केसीसँग मिलेर हामीले होटल खोल्यौं । त्यसमा कसरत गर्दागर्दै अहिले हाम्रो २६ जनाको टिम छ । यसको लागत १ सय ५० करोड छ ।

नजिकै गाउँ र नजिकै सहर भएको ठाउँलाई उपयुक्त मानेर हामीले त्यहाँ होटलको ‘लोकेसन’ रोजेका हौँ । त्यहाँ जाने पर्यटकले गाउँले जीवनको पनि अनुभव गर्न पाउँछन् । यता सहर पनि नजिकै भएकाले सबै किसिमले यो सुगम ठाउँ छ ।

सुपथ मूल्यमा गुणस्तरीय पाँचतारे होटल निर्माण गर्ने हाम्रो योजना हो । हाम्रो अहिलेको पुँजी ६० करोडको छ । दुई बैंकबाट ९० करोड लोन लिएका छौं । ३० करोड साथीहरूबाट उठाएका छौं । अब ३० करोड फेरि उठाउने तयारीमा छौं ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरनजिकै बूढानीलकण्ठ हेरिटेज प्रालि स्थापना गरेका छौं । होटलको नाम अझै राख्न बाँकी छ ।

फाइभस्टार होटलका लागि १२ रोपनी जग्गामा र १०१ भन्दा बढी कोठाहरू चाहिँदो रहेछ । पर्यटन वर्षका अवसरमा सञ्चालनमा ल्याउने योजनामा थियौं तर कोभिडका कारणले गर्दा अहिले ढिला भएको छ ।

केही दिनअघिको साधारणसभाले अबको ११ महिनामा पूर्ण रूपमा होटल सञ्चालन गर्ने निर्णय गरेको छ । नजिकै गाउँ र नजिकै सहर भएको ठाउँलाई उपयुक्त मानेर हामीले त्यहाँ होटलको ‘लोकेसन’ रोजेका हौँ ।

त्यहाँ जाने पर्यटकले गाउँले जीवनको पनि अनुभव गर्न पाउँछन् । यता सहर पनि नजिकै भएकाले सबै किसिमले यो सुगम ठाउँ छ ।

नेपालका फाइभ स्टार होटलभन्दा फरक होस् भनेर हामी यसलाई ‘युनिक’ बनाउन खोज्दै छौं । यसका लागि ६२ फिट माथिबाट पानीको छहरा झार्दै छौं । पाँचौं तलामा पार्किङको व्यवस्था गर्नेछौं ।

उच्च स्तरीय मिटिङ हल, योग–साधनाका लागि उपयुक्त वातावरण, गार्डेन पनि युनिक खालको बनाउने सोच छ । होटल सञ्चालनमा आएपछि १ हजारभन्दा बढीले यसमा रोजगारी पाउनेछन् ।

व्यवसायसँगै समाजसेवा
मलाई सानैदेखि खेलकुद र समाजसेवामा रुचि थियो  । अहिले व्यवसायतिर लागेपछि त्यतातिर समय दिन सकेको छैन । हाल म म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको कोषाध्यक्ष पदमा रहेर काम गरिरहेको छु ।

क्याम्पसको  टिमको अथक मेहनत र परिश्रमले राम्रो काम गरेपछि क्याम्पसले ‘क्यूएए’ प्राप्त गर्न सफल भएको छ । म्याग्दी क्याम्पसको सर्टिफिकेट पाएका विद्यार्थी विश्वको जुनसुकै कलेजमा भर्ना हुन सक्छन् । मैले लायन्स क्लब, उद्योग वाणिज्य संघ र पुस्तकालयमा रहेरसमेत काम गरिसकेको छु ।

नेपालका फाइभ स्टार होटलभन्दा फरक होस् भनेर हामी यसलाई ‘युनिक’ बनाउन खोज्दै छौं । यसका लागि ६२ फिट माथिबाट पानीको छहरा झार्दै छौं । पाँचौं तलामा पार्किङको व्यवस्था गर्नेछौं । उच्च स्तरीय मिटिङ हल, योग–साधनाका लागि उपयुक्त वातावरण, गार्डेन पनि युनिक खालको बनाउने सोच छ । होटल सञ्चालनमा आएपछि १ हजारभन्दा बढीले यसमा रोजगारी पाउनेछन् ।

(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्