७ जेष्ठ २०८१, सोमबार

 

संवैधानिक इजलास गठनप्रति अधिवक्ताले उठाए प्रश्न

प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथिको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमाथि अधिवक्ताहरुले प्रश्न उठाएका छन् ।

इजलास सुरु हुनासाथ कानुन व्यवसायीहरुले प्रश्न उठाएका हुने । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने संवैधानिक इजलासमाथि शंका नगर्न अधिवक्ताहरुसँग आग्रह गरे । अधिवक्ता गोविन्द बन्दी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाए ।

केहीबेर प्रधानन्यायाधीश र कानुन व्यवसायीहरुबीच सवालजवाफसमेत भएको थियो । प्रधानन्यायाधीश जबराले प्रतिउत्तरमा भने, ‘हामी सबैले छोडिदिए कसले हेर्छ तपाईंको मुद्दा । तपाई यस्तो भन्न पाउनुहुन्न ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका एक दर्जनभन्दा बढी निवेदनको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन् ।

प्रतिक्रिया दिनुहोस्