३ जेष्ठ २०८१, बिहीबार

 

आश्रमका वृद्ध–वृद्धाहरुको साथमा इनर हुइल क्लब अफ बालाजु

इनर हुइल क्लब अफ बालाजुले मातातिर्थ वृद्ध आश्रममा सहयोग गरेको छ । क्लबले मातातिर्थ आश्रममा बस्ने वृद्ध–वृद्धका लागि जोडोमा आवश्यक पर्ने सामग्री सहयोग गरेको हो ।

क्लबकी अध्यक्ष सोनी श्रेष्ठका अनुसार आश्रम बस्ने वृद्ध–वृद्धाका लागि तातो पानी तताउने कित्ली, थर्मस, खानेकुरा, गिलास र ट्वाइलेटमा प्रयोग हुने सामग्रीहरु सहयोग गरेको हो ।

विभिन्न आश्रममलाई सहयोग गर्दै आइरहेको इनह्वील क्लब अफ बालाजुले आश्रमहरुमा सहयोग गर्दै आइरहेको इनर हुइल क्लब अफ बालाजुकी कोषाध्यक्ष कल्पना राजभण्डारीले बताइन् ।

क्लबले आइतबार सानोठिममा रहेको ओम वृद्धा आश्रममा सहयोग गर्ने भएको छ । क्लबले वृद्धाका लागि नुहाँउनका लागि तातोपानी आउने सोलार सेट जान गरिदिने भएको हो ।

यस्तै, खानेपानीका लागि थर्मसलगायतका सामग्री क्लबले सहयोग गर्ने भएको छ । कोभिड–१९ को प्रभावले गर्दा सहयोग गर्ने क्रम रोकिएपनि अहिले क्लब लगातार सहयोग गर्ने कार्यमा जुटेको छ । उसले टेकुमा रहेको सतप्रयास आश्रममा पनि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्