१५ बैशाख २०८१, शनिबार

 

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्