२ जेष्ठ २०८२, शुक्रबार

 

ज्यान मार्ने मुद्दामा ढोरपाटनका वडाध्यक्ष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने मुद्दामा वडाध्यक्ष पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

२०७६ सालमा भएको कुटपिटको घट्नालाई लिएर अध्यक्ष पुनलगायतका केही व्यक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ परेका वडाध्यक्षलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउँदै गरिएको प्रहरीले जानकारी दिएको छ । उनी राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung