प्रतिनिधिसभा विघटन भएपछि सर्वोच्चमा परेका रिटहरुको सुनुवाइ हुनेक्रम जारी छ । अदालतमा संसद विघटन ठीक कि बेठीक भन्ने बहस जारी रहेका बेला वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत स्मरण गरेका छन् ।
केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए ।
अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रसंगसँग जोड्दै घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’
आफ्नो बहसको निष्कर्षमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै खारेजीको माग गरे ।













































































































































































































