१७ बैशाख २०८१, सोमबार

 

‘कोरोना खोप लगाउनेले आईसीयू, भेन्टिलेटरमा जान पर्दैन’

नेपालमा भर्खरै भित्रिएको कोरोनाविरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन् डा. सागरकुमार राजभण्डारी । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप अहिले अभियानकै रूपमा देशभर लगाइँदै छ । अरू देशमा खोप लगाएपछि ज्वरो, एलर्जी, श्वासप्रश्वासमा समस्याजस्ता केही जटिलता पनि देखिएको चर्चा हुँदा नेपालमा पनि जिज्ञासा व्याप्त छ । खोपको विश्वसनीयतामाथि पनि बहस जारी छ । यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. राजभण्डारीले नयाँ विश्वकर्मी विमल खड्कासँग गरेकाे कुराकानी :

सुरुमा खोप लगाउँदा र अहिले लगाइसकेपछिको अनुभव कस्तो रह्यो ?
एक वर्षदेखिको अथक प्रयासपछि भ्याक्सिन लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । पहिलो पटक भ्याक्सिन मैले लिनुको कारण भनेको अहिले फ्रन्टलाइनमा रहेकालाई दिने भनिएको छ ।

अधिकांश स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायतमा भ्याक्सिनबारे नकारात्मक टिप्पणी थियो । भ्याक्सिनका कारण थुप्रै प्रकारका साइड इफेक्ट हुन्छन्, अहिलेसम्म नलागेको कोरोना झन् खोपकै कारण लाग्ने हो कि भन्ने भ्रम आममान्छेमा पनि छ ।

यस्तोमा मैले नै लगाइसकेपछि स्वास्थ्यकर्मी, आम जनमानसमा यो खोप सुरक्षित र भरपर्दो रहेको सन्देश जान्छ कि भन्ने मलाई लाग्यो । अहिलेसम्म मलाई कुनै प्रकारको साइड इफेक्ट भएको छैन । यो खोप लगाउँदा सामान्य दुखाइको पनि महसुस भएन ।

गर्भवती, स्तनपान गराउने महिला र १८ वर्षभन्दा मुनिको उमेरसमूहमा यो खोप टेस्ट भएको छैन । सम्पूर्ण अध्ययन भएपछि मात्र उनीहरूलाई लगाउन सकिन्छ । कोभिसिल्ड भ्याक्सिन इमर्जेन्सी प्रयोगका लागि मात्र ल्याइएको हो । रेगुलर प्रोग्रामका लागि होइन ।

भारतमा यही खोप लगाएका कतिपयलाई एलर्जी, ज्वरो, श्वासप्रश्वासमा समस्या आएको चर्चा पनि छ नि ?
कोभिसिल्डअघि पनि अन्य खोप प्रयोगमा आइसकेका छन् । कुनै पनि खोपले साइड इफेक्ट देखाउन सक्छ । तर यो खोप अरूभन्दा तुलनात्मक रूपमा सुरक्षित छ । १० जनालाई खोप लगाउँदा एक जनालाई हल्का ज्वरो, टाउको, ज्यान दुख्ने समस्या आउन सक्छ ।

यी सामान्य लक्षण ५ देखि ६ घण्टामा निको हुन्छ । आत्तिन पर्दैन । यस्ता समस्या देखिनु रोगसँग लड्न सक्ने क्षमता वृद्धि हुनु पनि हो । यसले एन्टिबडी तयार हुन्छ ।

खोप लगाएको व्यक्तिमा कोरोना पोजिटिभ देखिने कुनै सम्भावना नै हुँदैन त ?

कोभिसिल्ड एडोना भाइरसबाट बनाइएको हो । यसमा कोरोना भाइरसको स्पाइड प्रोटिनको मात्रा राखिएको हुन्छ । यसले कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्दै गरेको जानकारी पाउँछ र एन्टिबडी तयार गरेर प्रवेशमा रोक लगाउँछ ।

अर्थात्, कोरोनाका परजीवीहरूलाई शरीरमा पस्न नदिने र कुनै कारणले प्रवेश गरे पनि लक्षणहरूलाई मत्थर बनाउने काम गर्छ । कोभिसिल्ड भनेको औषधि होइन, शरीरमा छिरेका भाइरसहरूलाई मार्ने पनि होइन ।

यसले रोगसँग लड्ने क्षमता बढाइदिन्छ । यो खोप लगाएपछि कोरोना पोजिटिभ देखिए पनि व्यक्तिमा लक्षणहरू हुँदैनन् । लक्षणहरू भए पनि आइसीयू, भेन्टिलेटरमा राख्न पर्दैन ।

अन्य खोप लिइरहेका र दीर्घरोगीहरूलाई यो खोपले असर गर्छ कि गर्दैन ?
यसले खासै असर गर्दैन । उमेर पुगेका, एचआईभी संक्रमित, क्यान्सर लागेका, सुगर भएका व्यक्तिहरू उच्च जोखिममा रहेकाले सरकारले उनीहरूलाई पहिलो चरणमै समेटेको छ । वृद्धवृद्धा, दीर्घरोगी र अन्य रोगबाट पीडितहरूलाई जोगाउने भ्याक्सिन दिनुपर्छ ।

विश्वमा एकै वर्षमा विकास भएको भ्याक्सिन यही हो । कुनै पनि भ्याक्सिन पूर्ण रूपमा विकास हुन ५ देखि ७ वर्ष लाग्छ । त्यसका लागि विभिन्न उमेर–समूहमा टेस्ट गरिन्छ । यो खोप सीमित व्यक्तिहरूमा टेस्ट गरिएको हो ।

गर्भवती, स्तनपान गराउने महिला र १८ वर्षभन्दा मुनिको उमेरसमूहमा यो खोप टेस्ट भएको छैन । सम्पूर्ण अध्ययन भएपछि मात्र उनीहरूलाई लगाउन सकिन्छ । कोभिसिल्ड भ्याक्सिन इमर्जेन्सी प्रयोगका लागि मात्र ल्याइएको हो । रेगुलर प्रोग्रामका लागि होइन ।

अभियान सुरु भइसकेपछि खोपबारे जनमानसमा रहेको दुबिधा केही घटेको छ कि उस्तै छ ?
सुरुमा मेरै कर्मचारीहरू दुबिधामा थिए । मैले लगाएपछि थुप्रै चिकित्सक साथीहरूले लगाउनुभयो । मसँगै ८० वर्षका वरिष्ठ डाक्टरले पनि लगाउनुभयो । त्यसपछि लाइनमा बसेर पहिलो दिन १ सय ८ जना स्वास्थ्यकर्मीले खोप लगाउनुभयो । अहिले त्रास बिस्तारै कम हुँदै गएको छ । बिहीबार १०८ अनि शुक्रबार ३ सय जनाले खोप लिइसक्नुभएको छ । यसको संख्या बढ्दै गएको छ ।

जनमानस र स्वास्थ्यकर्मीहरूमा यो खालको भ्रम चिर्न आवश्यक छ । हामी हरेक दिन कोभिडका बिरामीहरूसँग प्रत्यक्ष सम्पर्कमा हुँदा हाम्रो माध्यमबाट घरपरिवारका सदस्य, समुदायका व्यक्तिहरूलाई सार्न सक्छौं । त्यस कारण यो खोप लगाउनुपर्छ । अहिले यो अवसर पनि हो । सार्क देशहरूमा कोरोनाको खोप लगाउनेमा दोस्रो स्थानमा परेका छौं हामी ।

यसमा दुई पाटा छन् । यसअघि एकै व्यक्तिको सातपटकसम्म परीक्षण हुने गथ्र्यो । एउटै व्यक्तिले तीन–चार ठाउँमा निःशुल्क परीक्षण गर्थे । त्यस कारण उनीहरू ७–८ पटकसम्म काउन्ट हुन्थे ।यो दुई महिनाको बीचमा हामीले नयाँ केसलाई मात्र नम्बरिङ गरेका छौं । रिपिट भएकाहरूको संख्या जोड्दैनौं । यसको दायरा पहिलेभन्दा साँघुरो भएको छ ।

खोप लगाइसकेपछि स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?

यो खोप एउटा माध्यम मात्र हो । कोभिड–१९ सँग लड्न ६ कुरामा ध्यान दिनुपर्छ ।

१.भ्याक्सिन अनिवार्य रूपमा लगाउनुपर्छ ।

२. कोभिड–१९ सँग मिल्ने लक्षण भएकाहरूलाई क्वारेन्टाइनमा राखेर जटिल भए थप उपचार गर्नुपर्छ ।

३. सामाजिक दुरीको कुरा गर्दा पहिले एक मिटर अनि बीचमा दुई मिटर भनेका थियौं । अहिले दुई मिटरभन्दा टाढा बस्नुपर्छ ।

४. मास्कको सही प्रयोग गर्नुपर्छ ।

५. साबुनपानीले मिचीमिची हात धुनुपर्ने हुन्छ ।

६. स्यानिटाइजरको सही प्रयोग गर्नुपर्छ ।

पछिल्लो तथ्यांकमा संक्रमितहरू घटेको देखिन्छ । यसको अर्थ कोरोना नियन्त्रण हुँदै गएको हो कि परीक्षण कम भएको हो ?
यसमा दुई पाटा छन् । यसअघि एकै व्यक्तिको सातपटकसम्म परीक्षण हुने गथ्र्यो । एउटै व्यक्तिले तीन–चार ठाउँमा निःशुल्क परीक्षण गर्थे । त्यस कारण उनीहरू ७–८ पटकसम्म काउन्ट हुन्थे ।यो दुई महिनाको बीचमा हामीले नयाँ केसलाई मात्र नम्बरिङ गरेका छौं । रिपिट भएकाहरूको संख्या जोड्दैनौं । यसको दायरा पहिलेभन्दा साँघुरो भएको छ ।

अर्को कुरा, पीसीआर मेसिन काठमाडौंका सबै अस्पतालमा छन् । उपचार गर्दा पीसीआर अनिवार्य पनि गरिएको छ । तर ती अस्पतालमा परीक्षण गरिएका सबै तथ्यांक रिपोर्टिङ हुँदैनन् । यसले गर्दा संख्यामा कमी आएको हो ।

कोरोना निको भएका व्यक्तिमा यसकै कारण अन्य स्वास्थ्य समस्या देखिने गरेको पनि सुनिन्छ । ती समस्या कत्तिको गम्भीर प्रकृतिका हुन् ?

कोभिड–१९ ले हरेक क्षेत्रमा असर गरिरहेको छ । मान्छेको फोक्सोमा संक्रमण गराएर निमोनिया गराउँछ ।

संक्रमितको फोक्सोको क्यापासिटी पहिलेको तुलनामा घट्ने हुन्छ । यसले गर्दा सास फेर्न गाह्रो हुने, थकाइ लाग्नेजस्ता लक्षणका साथै मनोसामाजिक असरहरू पनि देखिने गरेको छ । डिप्रेसनमा जानेजस्ता समस्या पनि छन् ।

शुक्रराज अस्पतालमा पछिल्लो समय उपचार र व्यवस्थापन कसरी भइरहेको छ ?
११–१२ महिनाको अवधिमा हामीले ६० हजारजति पीसीआर परीक्षण गरेका छौं । ८ हजारभन्दा बढीको रिपोर्ट पोजिटिभ आएको छ ।

११ सय व्यक्तिको उपचार गरेका छौं । तीमध्ये अधिकांश आईसीयू र आइसोलेसनमा राखिए । गम्भीर प्रकारका बिरामीलाई हामीले नै उपचार गरिरहेका छौं ।

यहाँ उपचाररत बिरामीको पीसीआर जाँच, ल्याब, सिटिस्क्यानलगायत परीक्षण निःशुल्क हुन्छ । माघ ४ गतेबाट बिरामीको संख्यामा केही कमी आएपछि १ सय शय्याको अस्पताललाई ४० मा झारेका छौं । अहिले कोभिडका १८ जना बिरामी उपचाररत छन् । माघ ४ देखि अन्य बिरामीको उपचार पनि पुनः सुरु गरेका छौं ।

कोरोनाले स्वास्थ्यक्षेत्रलाई चाहिँ कस्तो पाठ सिकायो ?
सरुवा रोग उपचार गर्ने देशको एक मात्र अस्पताल हो यो । कोभिडअघि एचआईभी, मलेरियालगायत रोगको पनि व्यवस्थापन सेन्टर बन्यो । यहाँका कर्मचारीहरू, स्वास्थ्यकर्मी सबै दक्ष हुन् । कोभिडका बेला त्यो अनुभवलाई प्रयोग गर्न सकेका छौं ।

देश जोखिममा रहेका बेला उपचार गर्न ३ सय शय्याको अस्पताल बनाउने चरणमा छौं । जग्गाको खोजी भइरहेकोक छ । त्यसपछि काठमाडौंमा धेरै संख्यामा बिरामीको उपचार–व्यवस्थापन हुनेछ ।

खोप अभियानबारे थप भन्नुपर्ने केही कुरा छन् ?
फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स पारामेटिक, एम्बुलेन्स चालक, शववाहन चालक र अन्यलाई के भन्न चाहन्छु भने आजसम्म पत्ता लागेका भ्याक्सिनमध्ये कोभिसिल्ड एकदमै भरपर्दो र सुरक्षित छ ।

हाम्रो देशको भौगोलिक हिसाबले यसलाई आवश्यक तापक्रमको पनि म्यानेज गर्न सकिन्छ । मैले जस्तै तपाईंले पनि कुनै दुबिधामा नरहेर यो खोप लगाउन सक्नुहुनेछ । खोप लगाएपछि र जनस्वास्थ्यका मापदण्ड पालना गरेपछि हामी पूर्ण रूपले सुरक्षित रहन्छौं ।

मान्छेको फोक्सोमा संक्रमण गराएर निमोनिया गराउँछ । संक्रमितको फोक्सोको क्यापासिटी पहिलेको तुलनामा घट्ने हुन्छ । यसले गर्दा सास फेर्न गाह्रो हुने, थकाइ लाग्नेजस्ता लक्षणका साथै मनोसामाजिक असरहरू पनि देखिने गरेको छ । डिप्रेसनमा जानेजस्ता समस्या पनि छन् ।

भिडियाे हेर्नुहाेस् :

प्रतिक्रिया दिनुहोस्