४ जेष्ठ २०८१, शुक्रबार

 

न्यू ओएसीस एकेडेमीको अध्यक्षमा प्रकाश राजभण्डारी चयन

न्यू ओएसीसी एकेडेमी फाउण्डेसन प्रालि बागलुङको अध्यक्षमा प्रकाश राजभण्डारी चयन भएका छन् । विद्यालय सञ्चालक समितिको बैठकले उनलाई प्रालिको अध्यक्षमा चयन गरेको हो ।

एकेडेमीका प्रअ नेत्रलाल न्यौपानेका अनुसार समितिले आर्थिक समिति संयोजकमा दुर्गाबहादुर कुँवरलाई पनि चयन गरेको छ । यसअघि प्रालिको अध्यक्षमा रामप्रसाद शर्मा रहेका थिए । उनी दुई कार्यकाल सकेर अध्यक्षबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्