५ जेष्ठ २०८१, शनिबार

 

हुवाईले नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने, यस्ता छन् विशेषता

चिनियाँ स्मार्टफोन कम्पनी हुवाईले नयाँ फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ। द इन्डियन एक्स्प्रेसका अनुसार हुवाईले यही फेब्रुअरी २२ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन मेट एक्स–२ सार्वजनिक गर्न लागेको हो। गत वर्ष हुवाईले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मेट एक्स ल्याएको थियो।

त्यसैको सफलतापछि कम्पनीले अर्को नयाँ फोल्डेबल स्मार्टफोन उत्पादन गरेको हो। हुवाईको मेट एक्स–२ किरिन ९००० प्रोसेसरमा चल्ने छ। यो फोन ‘इन्वार्ड–फोल्डिङ’ डिजाइनको साथ आउनेछ। अर्थात् प्रयोगकर्ताले फोन भित्रपट्टिबाट फोल्ड गर्न सक्नेछन्। यो फोल्डेबल स्मार्टफोनको डिस्प्ले ८.०१ इन्चको हुनेछ।

कम्पनीले यही मोडलमा ६.४५ इन्च डिस्प्लेसहित पनि ल्याउन सक्ने द इन्डियन एक्स्प्रेसले बताएको छ। मेट एक्स–२’ ४४०० एमएएच ब्याट्रीको साथ आउनेछ र ६६ वाटले तीव्र गतिमा चार्ज हुनेछ।

यसको पछाडिपट्टि चारवटा क्यामेरा हुनेछ भने फोनको सेल्फी क्यामेरामा १६ मेगापिक्सेल हुने द इन्डियन एक्स्प्रेसको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्