४ श्रावण २०८३, सोमबार

 

सर्वोच्चमा लिखित जवाफ दिएर फर्किए प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएर फर्किएका छन् । अदालतको अवहेलना मुद्दामा उनले आज सर्वोच्चमा लिखित जवाफ बुझाएका हुन् ।प्रधानमन्त्री स्वयं अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘उहाँले स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत गर्नुभएको छ । अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नुभएको छ,’ थापाले भने ।

यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएकाले हदैसम्मको कारबाही माग गर्दै रिट परेको थियो ।

उनले विघटनको विरुद्धमा बहस गरिरहेका कानुन व्यवसायीलाई ‘बाजे वकिल’ र ‘तमासा’ भनेको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना भएको थियो ।

(पूर्णपाठ हेर्नुहोस्)

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung