सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आज (मंगलबार) देखि हेर्दाहेर्दैमा जाने भएको छ।
संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजो (सोमबार) सम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो।
संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो । संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो ।
त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।













































































































































































































