३ जेष्ठ २०८१, बिहीबार

 

राष्ट्रिय आविष्कार केन्द्रलाई पूर्वशिक्षिकाको सहयोग

कालिका कन्या माध्यामिक विद्यालय बागलुङकी पूर्वप्रधानाध्यापक रत्ना श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रका सञ्चालक महावीर पुनलाई २६ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरे ।

आफ्नो गाउँको विकास गरी आविष्कार केन्द्रमार्फत देशकै मुहार फेर्न लागिपरेका पुनको अभियानमा सघाउन पाउँदा खुसी लागेको श्रेष्ठले नयाँ विश्वलाई बताए ।

‘नेपाली युवा वैज्ञानिकहरूको प्रतिभालाई उपयुक्त मञ्च दिएर उपभोक्तालाई आवश्यक सामग्री आविष्कार र उत्पादन गर्ने लक्ष्यसहित देशको मुहार फेर्न लागेका पुनलाई सानो सहयोग मात्र गरेका हुँ, भविष्यमा पनि सहयोग गर्ने छु’ श्रेष्ठले भनिन् ।शिक्षिका रत्ना श्रेष्ठले बागलुङ नगरपालिका वडा नं ३ नयाँ बजारमा रहेको कालिका कन्या माविमा लामो समय सेवा गरेकी थिइन् ।

श्रेष्ठले विगतदेखि नै शैक्षिक, सामाजिक र मानवीय क्षेत्रमा सहयोग गर्दै आएकी छन् । श्रेष्ठको पुख्र्यौली थलो बागलुङ नगरपालिका–३ राधाकृष्ण टोल हो । हाल उनी काठमाडौंको. चाहविलमा बस्छिन् ।

नेपाल सरकारले शिक्षकलाई दिने मासिक पेन्सनबाट उनले एक महिनाकाे पेन्सन रकम २६ हजार ३ सय पुनलाई प्रदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्