४ श्रावण २०८३, सोमबार

 

‘नेकपा’ नामको विवादमा सुनुवाइ सकियो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीं (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमाथिको सुनुवाइ सकिएको छ ।
सुनुवाइ सकिएपछि अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ ।

कट्टेलले दायर गरेको मुद्दामा न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले बिहीबार सुनुवाइ सकेको थियो । सुनुवाइ सकिएपछि फागुन २० गते निर्णय सुनाउने तय भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका थिए । सत्तारुढ नेकपा आन्तरिक विवादमा रहेको अवस्थामा नाम बारेको विवादमा फैसला आउन लागेको हो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung