२४ बैशाख २०८१, सोमबार

 

सुनको मूल्य आज पनि घट्यो

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार मूल्य केही बढे पनि शुक्रबार पुनः ओरालो लागेको हो।

सुनको मूल्य बिहीबारको तुलनामा ६ सय रुपैयाँलो घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुनको मूल्य ८६ हजार ८ सय रुपैयाँ थियो । यस्तै, शुक्रबार तेजावी सुन ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १२ सय ७० रुपैयाँमा कारोबार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्