४ जेष्ठ २०८१, शुक्रबार

 

गलकोट समाज पोखराको अध्यक्षमा थापा

गलकोट समाज पोखराको ७ औं साधारणसभा तथा चौथो अधिवेशनले खडकबहादुर थापाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शनिबार भएको अधिवेशनबाट महिला उपाध्यक्ष राधिका खत्री, उपाध्यक्ष कृष्णबहादुर खत्री, सचिव गणेशबहादुर खत्री, कोषाध्यक्ष खिमबहादुर थापा र सहसचिव धनबहादुर परियार चुनिएका छन् ।

समाजका सदस्यमा गंगा साहानी, खिमा भण्डारी, धनकुमारी श्रीष, चेतबहादुर भण्डारी, हीराबहादुर खत्री, भेषबहादुर खत्री र दीलबहादुर खड्का निर्वाचित भए । समाजका आमन्त्रित सदस्यमा पम्फा खत्री र शेरबहादुर खड्का रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि बागलुङ समाज पोखरा अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःख सुखको साथीसहित पर्यटन प्रवद्र्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे ।

संस्थाका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक पोखरा न्युरोडका शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्राडा भवानी पाण्डे, कृष्णबहादुर खत्री लगायतले बोलेका थिए ।

मोहन चन्द राजन संयोजक र नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डे सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन गराएको हो ।

प्रतिक्रिया दिनुहोस्