५ श्रावण २०८३, मंगलवार

 

महान्यायाधिवक्ता खरेलले भने– ‘१ बजे पत्रकार सम्मलेन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ’

- राजीनामा दिँदै

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिने तयारी थालेका छन् । सरकारका मुख्य कानूनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्याको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहँदै आएका छन् ।

खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन् । राजीनामा बारे राखेको जिज्ञासामा खरेलले भने, ‘१ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung