विश्वभर सूचना प्रविधिको प्रयोग व्यापक रुपमा भइरहेको छ । नेपाल पनि सूचना प्रविधिलाई पछाई रहेको छ । सूचना र प्रविधिको प्रयोगसँगै साइबर अपराध नि व्यापक रुपमा भइरहेको छ जसले गर्दा समाजलाई व्यक्तिगत एवम आर्थिक रुपमा ठूलो क्षति हुनुको साथसाथै राष्ट्रिय सुरक्षामा समेत यसले ठुलो समस्या निम्त्याएको छ । यो विश्वको कुनै पनि भागमा बस्ने व्यक्ति, संस्थाको विरुद्ध हुनसक्छ ।
उन्नत टेकनोलोजीले मानिसहरुलाई यस्तो अपराध गर्न सजिलो बनाएको छ । पछिल्ला केही वर्षको कुरा गर्नु पर्दा क्रेडिट कार्ड चोरी गरेको सामाजिक सुरक्षामा सम्झौता भएको र विभिन्न सरकारी वेबसाइटमा ‘ह्याक’ भएको पाएको छ । इन्टरनेट र कम्प्युटर प्रयोगकर्ताहरु बढेको र टेकनोलोजीको वृद्धिले गर्दा साइबर अपराध बढेको पाएको छ । धेरै जसो नेपालीहरुले मनोरन्जनका लागि कम्प्युटर र इन्टरनेटको प्रयोग गर्छन् र उनीहरुलाई ‘साइबर’ जोखिम भनेको के हो भन्ने नै थाहा हुँदैन । इ–साइबर अपराधहरु सूचनाप्रणलीमा रहेको हार्डवेर तथा सफ्टवेरमा रहेको ‘बहाल’ नोबलिटिजलाई एक्सप्लोइट गरेको पाइन्छ ।
कम्प्युटर वा कम्प्युटर नेटवोर्कलाई औजार निशाना बनाएर कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । यस्ता अपराध नियन्त्रणका लागि नेपालमा बिद्युतीय कारोबार ऐन २०६३ रहेको छ ।
आज विश्वभर मान्छे अनलाइन इन्टरनेटको माध्यमले घरमा बसिबसी मान्छेहरुको निजी जानकारीको चोरी गरिरहेको छ जसलाई साइबर अपराध भनिन्छ । अत्याधुनिक युगमा मान्छेहरु आफ्नो जीवन सरल बनाउनको लागि धेरै उपकरणका प्रयोग गर्छन् । इन्टरनेटको सजिलो प्रयोगले हरेक कुराको जानकारी मानिसहरु एउटै ठाउँमा बसेर उपलब्ध गराएको छ । सामाजिक नेटवोर्ककिङ, अनलाइन खरिद जानकारीका आदानप्रदान, गेमिंग, अनलाइन पढाई, अनलाइन काम, हरेक कुराको बारेमा मान्छेहरुले कल्पना गर्न सक्छ । इन्टरनेटको बढ्दै गएको फाइदाको साथसाथै साइबर अपराध पनि बढ्दै गइरहेको छ । साइबर अपराध विभिन्न तरिकाबाट प्रतिबन्ध गर्न सकिन्छ ।
केहि साइबर अपराधका उदाहरणहरु, जस्तैः ह्याकइंग, बाल पोर्नोग्राफी, डिनायल अ‘ाफ सर्विस अट्याक, साइबर टेररोरिसम, सफ्टवेर पाइरेसी, फिसीङ्ग भाइरस डिससेमिनेसन । ह्याकइंगको अर्थ भनेको कम्प्युटर प्रणाली र नेटवोर्कमा अवरोध हुनु हो । ह्याकरहरुले सरकारी वेबसाइटहरु ह्याक गर्ने र मेडिया कभरेजको मज्जा लिने गर्छन् । अहिले नेपालमा ह्याक गर्न प्रविधि बढ्दो क्रममा रहेको पाइन्छ । इन्टरनेटको दुरूप्रयोग गरी बाल पोर्नोग्राफीमाफर्त बच्चाहरुलाई यौन शोषण हुने गरेको छ । डिनायल अ‘ाफ सर्विस अट्याक भनेको एक साइबर हमला हो जसमा कुनै पनि प्रयोगकर्ताले प्रयोग गरिरहेको सूचना प्रणाली वा अप्पलिकेसन्लाई अपराधीले अस्थाई वा अनिश्चित कालिनरुपलाई अवरुद्ध परेको हुन्छ ।
यद्यपी सबै व्यक्तिहरु साइबर अपराधको शिकार हँुदैनन् तर तिनीहरु जोखिममा भने सधै रहि रहन्छन् । टेकनोलोजी बढ्दै जाँदा साइबर अपराध गर्न कम्प्युटर वा कम्प्युटर प्रणाली प्रयोग गरि विभिन्न सरकारी, बैंकिङ्ग र निजी कम्पनीले प्रयोग गर्दै आएको सूचना प्रणाली माथि आक्रमण गर्ने गर्दछन् । फेसबुकद्वारा नराम्रो फोटोहरु हालेर अरुको बेइजत र ब्ल्याकमेल गर्ने, ह्याक गरेर कसैको बाट पैसा निकाल्ने, बालबच्चाहरुलाई शोषण गर्ने जस्ता साइबर अपराधले आज मानिसहरुले विभिन्न समस्याहरु भोग्नु परेको छ ।













































































































































































































