३ श्रावण २०८३, आईतवार

 

रुरु जलविद्युतको आईपीओ खुल्यो

रुरु जलुविद्युत आयोजनाको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ ।

रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवदेन दिएका सबैले यसको आइपिओ हात पार्ने देखिदैन । किनभने १० कित्ताका दरले वित्तरण गर्दा पनि ३७ हजार ९ सय १६ जनालाई पुग्छ । यसकारण रुरुको आइपिओ पाउन भाग्यकै भर पर्नुपर्ने छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung