४ श्रावण २०८३, सोमबार

 

कर्मचारीलाई कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बागलुङको सेवा बन्द

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि यातायात व्यवस्था कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । यातायात कार्यालय बागलुङका सूचना अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएपछि २१ गतेसम्मका लागि सेवा बन्द गरिएको कार्यालयका प्रमुख पारसिङ्ग थापा मगरले जानकारी दिए ।

ती कर्मचारीलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि बिहीबार धौलागिरि अस्पतालमा स्बाब दिएका थिए । स्बाबको रिपोर्ट हिजो शनिबार आएको थियो । प्रमुख थापाका अनुसार कार्यालयका अन्य कर्मचारीको पिसिआर रिपोर्टपछि  सेवा  सुचारू हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung