
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेका छन् ।
यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेकी छन् ।
हस्ताक्षर बुझाएका सांसदले प्रमुख प्रमुखलाई शपथ रोक्न भनेका छन् ।