कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङको नगरपालिकाभित्र १० दिन निषेधाज्ञा गरिने भएको छ । आइतबार बसेकाे जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ नगरपालिकाभित्रका सबै वडामा लागू हुने गरी वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।
निषेधाज्ञामा अतिआवश्यक सेवा (खाद्यन्न, तरकारी, दुध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल बिउबिजन) बाहेकका सेवाहरु बन्द गरिने भएको छ । कार्कीका अनुसार सरकारी साधन बाहेक अन्य सवारी साधन बन्द गरिने भएको छ ।













































































































































































































