
एल्लो प्यागोडा होटलमा आइसोलेशन निर्माण भएको छ । काठमाडौंको जमलस्थित उक्त होटलमा कोरोना महामारीलाई लक्षित गर्दै आइसोलेशन बनाइएको हो ।
वैशाख १६ गतेदेखि सञ्चालनमा आएको उक्त आइसोलेशनमा उपचारका लागि एक जना डाक्टर ,स्वास्थ्यकर्मी तथा अक्सिजनको समेत ब्यवस्था गरिएको होटलका संचालक अनिल राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिए ।
होम आइसोलेसनको व्यवस्था नभएकाहरुलाई मानवियताको आधारमा होटलबाट सेवा दिएको संचालक राजभण्डारीले बताए ।आइसोलेसनमा बस्नेहरुलाई दिनको चार पटक खाना र खाजाको व्यवस्था रहेको छ र प्रति ब्यक्ति दैनिक ५ हजार रुपैयाँ शुल्क लाग्ने छ ।