४ कार्तिक २०८३, मंगलवार

 

बागलुङमा जेठ ३१ गतेसम्म निषेधाज्ञा, आइतबार र बुधबार बैंक तथा वित्तिय संस्था खुल्ने

कोरोना संक्रमण बढ्दै गएको भन्दै बागलुङ जिल्लामा निषेधाज्ञा थप भएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बागलुङ जिल्लाभित्रका सबै वडामा लागू हुने गरी जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई हप्तामा दुई दिन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

आइतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु बिहान ७ देखि १० बजेसम्म खुल्न पाउने छन् ।निषेधाज्ञामा अतिआवश्यक सेवा खाद्यन्न, तरकारी, दुध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बिउबिजन बाहेकका सेवाहरु बन्द गरिने भएको छ ।

सरकारी साधन बाहेक अन्य सवारी साधन बन्द गरिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुम जिल्ला अधिकारी तथा सूचना अधिकारी दिपक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung