ढोरपाटन नगरपालिका ४ खुंगाका युवाहरूले दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । खुंगा स्वास्थ्य चौकी र
सामुदायिक स्वास्थ्य इकाई धिरीमा युवाहरुको सक्रियतामा ३ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री बुधबार हस्तान्तरण गरिएको हो ।
कोरोनाको दोश्रो लहरमा कोभिड व्यवस्थापनमा स्वास्थ्यकर्मीलाई काम गर्न सहज होस र विरामीले सहज स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले
युवाहरुको सक्रियतामा रकम संकलन गरिएको आर्थिक रकमबाट विभिन्न प्रकारका स्वास्थ्य सामाग्री खरिद गरेर स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको अभियानका संयोजक गणेश गौतमले बताए ।
ढोरपाटन ४ घर भई विभिन्न क्षेत्रमा रहेका ३५ जना सामाजिक अभियान्ताद्धारा पठाइएको रकमबाट चार थान अक्सिजन, ६ हजार पाँच सय पिस माक्स, सेनिटाईजर १५ लिटर, पिपिई सेट १४ सेट, फेश साईड १६ पिस, थर्मामिटर ४ वटा, टेवल २ वटा, वेड २ वटा, कुर्सि ७ वटा,
अक्सीमिटर ७ वटा, थर्मल गन २ वटा गरी १५ प्रकारका स्वास्थ्य सामाग्री दुई वटा स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको अभियानका काठमाडौं संयोजक कुलबहादुर रानाले बताए ।
सामाजिक अभियान्ता कुलबहादुर राना, गणेश गौतम, नारायण राना, मिलन के।सी, विरेन्द्र बुढाथोकी, कृष्ण पुन, दिपक घर्ति, जीवन गैरे, पदम
पुन लगाएत युवाहरुको सक्रियतामा आर्थिक संकलन र स्वास्थ्य सामाग्री व्यवस्थापन गरेर स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको जनाइएको छ ।





























































































































































































