३ जेष्ठ २०८२, शनिबार

 

ताराखोलामा थप  सात जनालाई कोरोना

बागलुङको ताराखोला गाउँपालिकामा थप  सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ताराखोला–५  को ताराखोला स्वास्थ्यचौकीमा आठ जनाको एन्टिजेन परीक्षण  गरिएकोमा ६ जनामा पोजिटिभ  देखिएको छ ।
त्यस्तै वडा नम्बर  ४ का २ जनाको हिल स्वास्थ्य चौकीमा एन्टिजेन  परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए  ।
ताराखोला गाउँपालिकामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ पुगेको नसिङ अधिकृत नीता घर्तीमगरले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung