४ कार्तिक २०८३, मंगलवार

 

कोरोना संक्रमित बिरामीको उपचारको लागि बागलुङमा अक्सिजन बैंक स्थापना

कोरोना भाइरसको नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिए सँगै कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजन अभाव हुन नदिन बागलुङमा अक्सिजन बैंक स्थापना गर्ने अभियान शुरू भएको छ ।

गण्डकी प्रदेशको पहिलो कोभिड अस्पताल धौलागिरि अस्पताल बागलुङले कोरोना संक्रमित बिरामीको लागि अति आवश्यक पर्ने अक्सिजन अभाव हुन नदिनको लागि अक्सिजन सिलिन्डर बैंक घोषणा गरेपछि सहयोग जुटिरहेको छ ।

अस्पतालमा भएको अक्सिजन सिलिन्डर कम भइ उपचारमा समस्या भएपछि अस्पतालमा २५० थान अक्सिजन सिलिन्डर जम्मा गरी सेवा दिन बैक स्थापना गर्न लागेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

बैकर्स बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पताललाई सहयोग गरेका छन् ।

उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर खरीद गरेर सहयोग गरेको बैंकर्सका अध्यक्ष दिपक शर्माले बताए ।

धौलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट संचालनमा रहे पनि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न नसकेको कारण अक्सिजन बैक स्थापना गर्नु परेको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताए ।

बिरामीको लागि अक्सिजन अभाव हुन नदिन नर अक्सिजन बैक स्थापना गर्न आफूले व्यक्तिगत रुपमा ३० वटा सिलिण्डर सहयोग गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताए ।

धौलागिरि अस्पतालमा अहिले अस्पताल कै अक्सिजन सिलिन्डर १८ , स्वास्थ्य मन्त्रालयबाट २५, ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले ३० ,गण्डकी प्रदेश सरकारबाट २५ ,एभरेस्ट बैंक बाट १० , कालिका भगवती गुठी ब्यवस्थापन समितिबाट १५, बैंकर्स

बागलुङबाट ७ वटा ,राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले ५ तथा विभिन्न संघ सस्थावाट गरि अहिलेसम्म अक्सिजन बैंकमा १४९ वटा अक्सिजन सिलिन्डर जम्मा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung