४ श्रावण २०८३, सोमबार

 

सूर्य लाइफको सीईओमा पवनकुमार खड्का

सूर्य लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा पवनकुमार खड्का नियुक्त भएका छन् । मंगलबार बिमा समितिले नियुक्तिका लागि अनुमति दिएसँगै उनी सीईओ भएका हुन् ।

जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई कम्पनीको सीईओमा नियुक्त गर्न बिमा समितिमा प्रस्ताव गरेको थियो । खड्कालाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने यसअघि नै सञ्चालक समितिले निर्णय गरिसकेको छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए गरेका खड्का जीवन बिमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा पनि काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung