२१ बैशाख २०८१, शुक्रबार

 

सुनको मूल्य बढ्यो

बिहीवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार ६ सयले घटेको सुनको भाउ बिहीवार ८ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ८ सयले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८९ हजार ५५० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला १ हजार २९० मा कारोबार भएको चाँदी बिहीवार २० ले बढेर १ हजार ३१० खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्