४ जेष्ठ २०८१, शुक्रबार

 

लायन्स क्लव अफ धौलागिरिको पदस्थापन

लायन्स क्लव अफ धौलागिरि ,बागलुडको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०२१ ०२२ को लागि निर्वाचित पदाधिकारीको विहिवार पदस्थापन गरिएको हो । वर्ष २०२१-२०२२का लागि निर्वाचित तालवहादुर कुवरलाई निवर्तमान अध्यक्ष जयराम भारीले पद हस्तान्त्रण गर्नु भएको थियो ।

क्लवको प्रथम उपाध्यक्षमा निर्माण कुमार श्रेष्ठ , द्धितीय उपाध्यक्षमा मुकेशचन्द्र राजभण्डारी र तृतिय उपाध्यक्षमा गणेश महतो चयन हुनु भएको छ । त्यस्तै क्लवको सचिवमा राजेश भारी ,सहसचिव शिवशंकर शाहा र कोषाध्यक्षमा सुरेश केसी चयन हुनु भएको छ ।

पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष तालबहादुर कुँवरले क्लवलाई सृजनशिल ढंगले अगाडि बढाएर समाजमा पृथक पहिचान दिलाउने नयाँ विश्वलाई बताउनु भयो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष जयराम भारी ,पूर्वअध्यक्ष राजन शक्य,प्रथम उपाध्यक्ष निर्माण कुमार श्रेष्ठ लागएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम सचिव राजेश भारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्