बागलुङको बडिगाड गाउँपालिकामा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । केहीसमय अघि संक्रमितको संख्या घट्दो क्रममा रहेपनि फेरि बढ्न थालेको हो । बडिगाडमा शुक्रबार ३४ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
बडिगाड गाउँपालिकाको खार र खर्बाङका १५० जनाको पिसिआर परीक्षण गरिएकोमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चुडामणि कँडेलले जानकारी दिए । उनका अनुसार संक्रमित सबै वडा नम्बर २ का रहेको छन् । अझै ४६ जनाको रिपोर्ट आउन बाँकी छ ।





























































































































































































