२० भाद्र २०८३, शनिबार

 

रुपा सुनारले दिइन् मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

सञ्चारकर्मी रुपा सुनारले घरधनी सरस्वती प्रधानलाई हिरासतबाट सरकारी गाडीमा लिएर हिँड्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट तत्काल हटाएर अनुसन्धान गर्नुपर्ने माग गरेकी छन् ।

आइतबार सर्वोच्च अदालतमा मुद्धा दायर गर्दै उनले मन्त्री श्रेष्ठलाई पदबाट तत्काल हटाएर जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ को उपदफा २ दफा ४ को उपदफा २, ५, ९, १०,१२, दफा ८ बमोजिम अनुसन्धान गर्न माग गरेकी हुन् ।

उनले सर्वोच्च अदालतमा दायर गरेको रिटमा भनिएको छ , ‘पदीय ओहदा र सरकारी सरकारी पद तथा स्रोत समेतको दरुुपयोग गरी प्रहरी कार्यालयमै पगुी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गरी संवैधानिक अनाधिकृत कार्य गर्ने विपक्षी नं १ का शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रीलाई उक्त पदबाट तत्काल हटाइ निजमाथि जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ को उपदफा २ दफा ४ को उपदफा २, ५, ९, १०,१२, दफा ८ बमोजिम निजविरुद्ध विपक्षी न. २ र ३ को कार्यालयमा दिएको जाहेरी तत्काल दर्ता गरी कानुनबमोजिम अनुसन्धान गर्न, गराउन र अनुसन्धानको प्रगति प्रतिवेदन प्रत्येक हप्तामा सम्मानित सर्वोच्च अदालतमा पेश गर्नसमेतको निर्देशन गरी पाउन परमादेशको आदेश जारी गरी पाउँ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung