युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर बाँडफाँड भएको छ ।
सर्वसाधारण समूहतर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात् तीन लाख २२ हजार ५ सय कित्ता कर्मचारी र सोही बराबरको सेयर म्युचुअल फन्डलाई बाँडफाँड गरिएको हो ।
बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आमसर्वसाधारणलाई छुट्ट्याइएको छ । कम्पनीका अनुसार योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यशाली ५ लाख ८० हजार ५ सयले १०र१० कित्ता सेयर पाएका छन् ।
बाँकी १५ लाख २७ हजार ७९९ जनाको हात खाली भएको छ ।कम्पनीको आईपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।
जसमध्ये दोहोरो आवेदन दिने ४ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । त्यस्तै बैंकमा पर्याप्त पैसा नभएका तथा अन्य कारणले ६५ हजार १७५ जनाको आवेदन रद्द भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।













































































































































































































