सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई सर्वसाधारणका लागि ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
सेयर निष्कासनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङअनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपी आइआर ट्रिपल बी माइनस’ प्राप्त गरेको छ । कम्पनीको प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । प्राथमिक सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।













































































































































































































