३ कार्तिक २०८३, सोमबार

 

बागलुङका अत्यावश्यक वस्तु तथा सेवा व्यवसाय गर्ने व्यवसायीलाई साउन १४ र १५ गते लगाइने काेराेना खोप कार्यक्रम स्थगित

बागलुङ उद्योग वाणिज्य संघको समन्वयमा जिल्लामा सञ्चालित अत्यावश्यक वस्तु तथा सेवा व्यवसाय गर्ने व्यवसायीहरुलाई लगाउने खोप कार्यक्रम स्थगित भएको छ ।

जिल्ला प्रशासनका कार्यालय बागलुङले साउन १४ र १५ गते व्यवसायीलाई लगाउने भनिएकाे खोप कार्यक्रम स्थगित भएकाे जानकारी दिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

अध्यक्ष राजभण्डारीका अनुसार कोरोना विरुद्धको कोभिड–१९ को खोप लगाउने कार्यक्रम प्राविधिक कारणबस तोकिएको समयमा लगाउन नपाइने भएको छ ।

संघले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रम अर्को सावर्जनिक सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको छ ।

बागलुङका व्यवसायीहरुलाई साउन १४ र १५ गते बागलुङ नगरपालिका–२ रुद्रेपिपल माध्यमिक विद्यालयमा लगाउने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung